लेखक  जेके रोलिङ्ग (JK Rowling) लाई मार्ने धम्की

लेखक  जेके रोलिङ्ग (JK Rowling) लाई मार्ने धम्की

विश्व प्रसिद्ध लेखक सलमान रुश्दीलाई हमला गरिएको घटनापछि ह्यारी पोटरकी सर्जकको रुपमा प्रसिद्ध जेके रोलिङ्ग (JK Rowling) लाई पनि मार्ने धम्की आएको  छ । उनलाई यस्तो धम्की रुश्दीको समर्थनमा एक ट्वीट गरेपछि दिएका हुन् । ५७ वर्षीया सर्जक रोलिङ्गले सलमान रुश्दीमाथि भएको हमलापछि ट्विटरमा केवल यत्ति लेखेकी थिइन् ➽ “Horrible news. Feeling very sick right now. Let him get well.” (यस किसिमको घटनाबाट आहत छु । उपन्यासकार छिट्टै निको होउन् भन्ने आशा गर्दछु ।)

रोलिङ्गको यस ट्वीटको जवाफमा एक यूजरले मुटु कंपाउने खालको प्रतिक्रिया दियो”Don’t worry you are next.” (चिन्ता नगर्नू । अब तिम्रो पालो हो)

जुन ट्विटर ह्यान्डलबाट जेके रोलिङ्गलाई धम्की दिइएको छ, उसले सलमान रुश्दीलाई हमला गर्ने हादी मदारको प्रशंसा गरेको छ। उसले आफू शिया योद्धा र क्रान्तिकारी भएको कुरा पनि लेखेको छ ।