Trending Now

तीन पुस्तकको लोकार्पण

काठमाडौँ . पुस ९

गते शनिवार नेपाल स्रष्टा समाजले आयोजना गरेकोे कार्यक्रममा तीनवटा पुस्तकको लोकार्पण भएको छ । वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको उपन्यास ‘अनन्त यात्रा’, रामचन्द्र दाहालको कवितासङ्ग्रह ‘सुजेरो’ र जिज्ञासु पौडेल तिलको मुक्तकसङ्ग्रह ‘ज्वालामुखी’ को लोकार्पण भएको हो ।


उक्त लोकार्पित पुस्तकहरुमाथि प्राडा सावित्री कक्षपति, प्राडा कृष्णप्रसाद दाहाल, प्राडा गोविन्दमानसिंह कार्की र डा.शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा बागमती कलेजका अध्यक्ष रमेश सिटौला, समाजका सल्लाहकार चन्द्रप्रसाद भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव प्रकाश घायल, मधु पाठक, लोकार्पित पुस्तकका लेखक माधव विडारी, रामचन्द्र दाहाल र जिज्ञासु पौडेल तिलकले मन्तव्य राखेका थिए ।

Comments are closed.