Trending Now

काठमाडौंमा तीन सय चलचित्र निर्माता भेला हुँदै

काठमाडौं । चलचित्र निर्माता संघले पुसको तेस्रो साता काठमाडौंमा भेला आयोजना गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्न भेला आयोजना गर्न लागिएको निर्माता संघले जनाएको छ ।

पुुसको तेस्रो साता काठमाडौंमा हुने ‘चलचिको विकास र विस्तारको खोजी’ नामक भेलाले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि रणनीति तय गर्ने र सोही अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्ने चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको भनाइ छ ।

भेलाले कार्यक्रम तय गर्नेछ र हामी सम्बन्धित मन्त्रालय, चलचित्र विकास बोर्ड, चलचित्र संघमा आफ्ना योजना र माग लिएर जानेछौँ,” अध्यक्ष खड्का भन्छन्, “हाम्रा माग सुनुवाइ नभए धर्ना, जुलुस, विरोध कसरी गर्ने गर्नेछौँ ।”

भेलामा नयाँ पुराना गरेर तीन सयभन्दा धेरै निर्माताको सहभागिता रहने उनले जानकारी दिए ।

 

Comments are closed.