युके र फ्रान्स पठाईदिन्छु भन्दै करोडौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैदेशिक रोजगारका युके र फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कागेश्वरी मनोहरा बस्ने केदार चौधरी, काठमाडौंको टोखा बस्ने जिवराज केसी र कास्कीको पोखरा महानगरपालिका बस्ने नन्द देवी पुन रहेका छन् ।
उनीहरुले युवायुवतिहरुलाई बैदेशिक रोजगारीका लागि बिभिन्ने देश पठाईदिने भन्दै पिडितहरुबाट रकम लिएर सम्पर्क विहीन भएका थिए पक्राउ परेकामध्ये केदार चौधरीले युके पठाई दिन्छु भन्दै ३५ जनाबाट ९ लाख देखि २० लाख सम्म उठाएर करिव ६ करोड लिई फरार भएका थिए ।त्यस्तै, जिवराज केसीले फ्रान्स पठाईदिन्छु भन्दै सुमन कुमार वस्नेतसँग ११ लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए ।
नन्द देवी पुन युके फ्रान्स पठाईदिन्छु भन्दै रोशनी चौधरीसँग सात लाख ६७ हजार रुपैयाँ ठगी गरेका थिए ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।