Trending Now

टीकापुर साहित्य महोत्सव हुँदै

काठमाडौँ , कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ । यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो ।  महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ ।

महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तक्र्रिया गरिनेछ । आयोजकका अनुसार महोत्सवमा मूर्धन्य लेखक, कवि, साहित्यकार तथा पत्रकारसँग भाषा, साहित्य, कला, रङ्गमञ्च, चलचित्रलगायतका विविध विषयमा छलफ तथा अन्तक्र्रिया हुने बताइएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको कला, संस्कृतिको जर्गेना गर्ने साहित्यमार्फत सामाजिक सद्भाव विकास गर्ने तथा प्रदेशका प्रतिभाशाली कलाकार, गायक, कवि तथा लेखकका रोचक रचना महोत्सवमा प्रस्तुत गरिने बताइएको छ ।

Comments are closed.