दुई सातापछि आज प्रतिनिधिसभा बैठक

काठमाडौं : दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो। यो बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघ महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बिमस्टेक बडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।