काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौँ । भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले (भोलि) बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

Comments are closed.