हिन्दी फिल्म ‘शहजादा’को ट्रेलर सार्वजनिक

काठमाडौं, । कार्तिक आर्यनको फिल्म ‘शहजादा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिपूर्ण फिल्मको ट्रेलरमा कार्तिकको एक्सन अवतार देख्न सकिन्छ ।

कार्तिक र कृति सेनन अभिनीत यो फिल्म रोहित धवनले निर्देशन गर्नुभएको हो । फिल्ममा परेश रावल कार्तिक आर्यनका बुवाको भूमिकामा देखिनुभएको छ ।

साथै, ट्रेलरमा कार्तिक र कृतिको केमेस्ट्री राम्रो देखिन्छ । फिल्म एक्सन, कमेडी, रोमान्सले भरिपूर्ण छ । फिल्ममा परेश रावल, मनीषा कोइराला र रोनित रोयलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

यो फिल्म १० फेब्रुवरी २०२३ मा प्रदर्शनमा आउने तयारीमा छ ।

Comments are closed.