‘होप अन हप अफ’ सम्पदा घुम्ती बस सेवा परीक्षण सञ्चालनमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा हप अन हप बस सञ्चालनमा ल्याएको छ ।

विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु–पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा (होप अन हप अफ) को परिक्षण सञ्चालन आज देखि सुरु भएको छ

उक्त बस सेवा सञ्चालनको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले रिबन काटी बसमा बसेर उदघाट्न गरेका छन् ।

Comments are closed.