Trending Now

ट्राफिक नियन्त्रण १४६ औं समूहको तालिम सञ्चालन

काठमाडौं, १० माघ

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान ५५ जना गरी कुल ६९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

Comments are closed.