अमेरिकामाथि कर लगाउने युरोपियन युनियनको कदमविरुद्ध ट्रम्प आक्रामक, थप कर लगाउने घोषणा

अमेरिकामाथि कर लगाउने युरोपियन युनियनको कदमविरुद्ध ट्रम्प आक्रामक, थप कर लगाउने घोषणा

 

काठमाडौं– अमेरिकामाथि जवाफी आयातकर लगाउने युरोपियन युनियनको कदमविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रामक बन्नु भएको छ । उहाँले युरोपीयन युनियनलाई थप कर लगाउने घोषणा गर्नुभएको छ ।
युरोपीयन युनियनले २८ दशमलब ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गर्नुभएको हो । ट्रम्पले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको थियो ।
क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो अंकको ट्यारिफ लगाउने भनेको छ ।बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफुहरु सबै विकल्पहरु टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिनुभएको छ । भन्सार शुल्क अर्थात् ट्यारिफ ट्रम्पको समग्र आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको छ । उहाँले यसैबाट अमेरिकी विनिर्माणलाई बढावा दिने र रोजगारी प्रवद्र्धन गर्ने विश्वास लिनुभएको छ । तर, आलोचकहरु यसले महँगी चुलिने र अमेरिकी उपभोक्ता समेत मारमा पर्ने टिप्पणी गरेका छन् ।