Trending Now

दुई कृति लोकार्पण

काठमाडौं त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता , हिन्दी विभाग र सिसार साहित्य प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा कवि डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह “मेरा बीज अक्षरहरू ” र भगवती शर्माको “डा. हेमनाथ घिमिरे व्यक्ति र कृति ” समालोचना कृतिको लोकार्पण भयो । प्रमुख अतिथि तुलसी दिवस , विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवाली , डा.सुबोध शुक्ला ,कवि घिमिरेलगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो । दिवसले घिमिरेका कविता नवीन स्वादका भएको टिप्पणी गर्नुभयो ।

डा. शुक्लाले कविलाई कविता फाँटमा स्वागत गर्नुभयो । दुबै कृतिका सम्पादक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले घिमिरेका कविता सरल र व्यङ्ग्यात्मक भएको टिप्पणी गर्नुभयो । कवि घिमिरेले आफू साहित्यिक क्षेत्रमा अझ सशक्त रूपमा लाग्ने विचार व्यक्त गर्नुभयो । लेखकहरूलाई पूर्व राजदूत हरिकुमार श्रेष्ठ , कवि सीता भट्टराई, राधिका पन्त विनोद भट्टराई लगायतले शुभकामना दिनुभयो ।कवि रञ्जु दाहालले सञ्चालन गर्नुभएको कार्यक्रम सभापति ज्ञाननिष्ठ ज्ञवालीको मन्तव्य र धन्यवाद ज्ञापनसहित टुङ्गिएको थियो

Comments are closed.