सुनिललाई ‘सर्वोत्कृष्ट’ सहित दुई विधाको उपाधि

काठमाण्डौं । च्याम्पियन भारतीय टोलीका कप्तान सुनिल क्षेत्री १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘सर्वोत्कृष्ट’ खेलाडी घोषित भएका छन् ।

भारतलाई नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका सुनिल सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

यस्तै उनले सर्वाधिक गोलकर्ताको उपाधि पनि जितेका छन् । यससँगै सुनिल एकै सिजन सर्वोत्कृष्ट र व्यक्तिगत गरि दुई विधाको उपाधि जित्न सफल भएका छन् ।

सुनिसलले प्रतियोगिताको कुल पाँच खेलमा ५ गोल गरेका थिए । सुनिलकै कप्तानीमा भारतले यसै महिना इन्टरकन्टिनेन्टल कपको उपाधि समेत जितेको थियो ।