राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने बन्द कार्यशाला सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा शुक्रबार बिहान देखिसुरु भएको हो ।

पार्टी सहप्रवक्ता मनिष झाकाअनुसार पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्नका लागि बन्द कार्यशादा आयोजना गरिएको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र तथा बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ । कार्यशाला शनिबार सम्पन्न हुन्छ ।