दाङ, १५ भदौ
घोराही उपमहानगरपालिका-१२ गुराउ गाउँ बस्ने १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मनिषा शाहको चट्याङ् लागेर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
साथै चट्याङ् लागेर घाइते भएका अन्य ९ जनाको जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।