एमाले बैठक : प्रचण्डलाई राजीनामा दिन आजसम्मको अल्टिमेटम, राष्ट्रिय सरकारमा आउन आह्वान

नेकपा एमालले सबै राजनीतिक दललाई राष्ट्रिय सरकारमा सहभागी हुन आह्वान गरेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले एमालेको नेतृत्वमा बन्ने सरकारका सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने’, बैठकले निर्णय गरेको छ ।
बैठकले एमाले र कांग्रेस बिच नयाँ सरकार निर्माणका लागि भएको सहमतिलाई अनुमोदन गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस बिच गए राति नयाँ सत्ता समीकरण गर्ने सहमति भएको थियो ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह पनि गरेको छ । ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आह्वान गर्ने’, बैठकको निर्णय छ ।