प्रतिनिधि सभामा प्रस्तुत हुने रणनीति बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले आइतबार संसदीय दलको बैठक बोलाएको छ ।आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो ।

आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । यस अघि सत्ता पक्षमा रहेको एमाले आइतबार प्रचण्ड नेतृत्वको सरकारको प्रतिपक्षमा उभिँदै छ ।

नेपाली कांग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अल्पमतमा परेको प्रचण्ड नेतृत्व सरकारले असार २८ गते विश्वासको मत लिँदै छ ।