एमाले कोशी प्रदेश अधिवेशन: अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
कोशी प्रदेशको जारी अधिवेशनमा अध्यक्ष पदका लागि विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाले मनोनयन दर्ता गराउनुभएको छ ।
अहिले साँझ साढे ७ बजेसम्म मनोनयन दर्ता गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।
नेतृत्व चयनका लागि भने आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गर्ने कार्यसूची रहेको छ ।
अधिवेशनले पाँच पदाधिकारी सहित २ सय १५ सदस्सीय प्रदेश कमिटी चयन गर्ने छ ।