काठमाडाैं । यही असाेज २४ र २५ गते हुने एमाले मधेश प्रदेश कमिटीकाे प्रथम अधिवेशनकाे लाेगाे र नारा सार्वजनिक गरिएकाे छ ।
बिहीबार धनुषाकाे जनकपुरधाममा पत्रकार सम्मेलन गरी लाेगाे र नारा सार्वजनिक गरिएकाे हाे । कार्यक्रममा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट ब्युरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गर्नुभयाे ।
लाेगाेमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने ठाउँ तथा क्षेत्रलाई राखिएको छ ।
अधिवेशनकाे नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ भन्ने तय गरिएकाे छ ।
पत्रकार सम्मेलनमा अधिवेशनकाे तयारी अन्तिम चरणमा पुगेकाे जानकारी दिइएकाे थियाे ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा असाेज २४ गते उद्घाटन गर्नुहुनेछ । अधिवेशनले २ सय १० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
एमालेले सातै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि एमालेले लुम्बिनीमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेकाे छ । वाग्मती र कर्णालीमा अधिवेशन जारी छ ।