काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको काठमाडौंमा जारी प्रथम प्रदेश अधिवेशनमा निर्वाचनको कार्यतालिक फेरी संशोधन भएको छ ।
सहमतिको लागि निर्वाचन तालिकामा संशोधन गरिएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो । यस अघि आज साँझ ६ बजेबाट राति १० बजेसम्म मतदानको समय तोकिएकोमा सो समय भोलि बिहान ८ बजेको लागि सारिएको छ ।
आज दिउँसो ३ः२० सम्मका लागि तोकिएको उम्मेदवारी फिर्ता लिने समय बढाएर साँझ ८ बजेसम्म पुर्याइएको छ । सो अवधिसम्म पनि सहमतिको प्रयत्न जारी रहेन तामाङले जानकारी दिनुभयो ।
नयाँ तालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ९ बजे गरिने छ । यस अघि आज अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यसूची तय भएको थियो ।