दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । सत्ताबाट बाहिरिएको नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/ नगराउन सरकारको ध्यानाकर्षण गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसद्का दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भैसकेकोले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।वर्तमान प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा सरकारले दीर्घकालीन असर पर्ने कुनै निर्णय गर्न र गराउन नहुने विज्ञप्तिमा उल्लेख छ ।
सरकारमा प्रतिनिधित्व गर्ने एमालेका मन्त्रीहरूले राजिनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको पनि विज्ञप्तिमा उलेलेख गरिएको छ । महासचिव पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।