साझा पुस्तक प्रदर्शनी सुरु ८० प्रतिसतसम्म छुट

साझा प्रकाशनले पुस्तक प्रदर्शनी आयोजना गरेको छ । शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पारेर उक्त प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीस्थलमा तीन रुपैयाँ देखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन्। योगेन्द्र तिमल्सिनाको कथासंग्रह बैंसको निर्वासित शहरको मूल्य तीन रुपैयाँ छ भने यसै वर्ष मदन पुरस्कारको उत्कृष्ट आठमा परेको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ रहेको छ ।
यस वर्ष साझाद्वारा प्रकाशित राष्ट्रकवि माधव घिमिरेको चूडान्त कृति ऋतंभरा पनि प्रदर्शनीमा रहेको छ । उक्त कृतिको भूमिकामा घिमिरेले आफूलाई मन्त्रद्रष्टा ऋषिका रूपमा कल्पना गरेका छन् |

प्रदर्शनीमा २५ देखि ८० प्रतिशत छूटमा पुस्तक खरीद गर्न सकिनेछ । साथै, नेपाल प्रज्ञा–प्रतिष्ठान, सिनास लगायत व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा छन्।
पुस १७ देखि थालिएको प्रदर्शनी ३० गतेसम्म रहनेछ । विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा विद्यार्थीहरूलाई प्रदर्शनीस्थलसम्म आई पुस्तक खरीद गर्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको साझा प्रकाशनले जनाएको छ ।
साझाको ललितपुर, पुल्चोकस्थित केन्द्रीय कार्यालय, काठमाडौंको भृकुटीमण्डपस्थित र देशभरका अन्य शाखा कार्यालयमा प्रदर्शनी चलिरहेको छ ।

 

Comments are closed.