युक्रेनले रुसविरुद्ध ‘क्लष्टर बम’ प्रयोग गरिरहेको अमेरिकी दाबी

काठमाडौं : युक्रेनले रुसविरुद्ध ‘क्लष्टर बम’ को प्रयोग गरिरहेको अमेरिकाले दाबी गरेको छ।

सहायता स्वरुप दिइएको ‘क्लष्टर बम’  युक्रेनले सही तरिकाले प्रयोग गरिरहेको ह्वाइट हाउसले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको  परिणामले युक्रेनलाई निकै आशावादी बनाएको बताए।

‘क्लष्टर बम’ ले एकै पटक धेरै बमहरू छर्ने गर्दछ। यद्दपी अमेरिकाका सहयोगी देशहरु बेलायत, क्यानडा, न्यूजील्याण्ड र स्पेनले यसको प्रयोगलाई लिएर विरोध गरिरहेका छन्।

युक्रेनले उक्त बम रुसी शत्रु सैनिकहरूको एकाग्रतालाई हटाउन मात्र प्रयोग गरिने वाचा गरेको छ। यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन्।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले कठिन निर्णय गरेको बताउँदै रुस विरुद्ध युक्रेनी सेनाको क्षमता बढाउन ‘क्लष्टर बम’ दिएको प्रतिक्रिया दिएका छन्।