अमेरिकाले युक्रेनलाई विवादास्पद युरेनियम ‘ट्याङ्क शेल’ प्रदान गर्ने

कीभ । अमेरिकाले युक्रेनलाई १ अर्ब डलर बराबरको सैन्य र मानवीय सहायताको घोषणा गरेको छ । यस सहयोगमा विवादास्पद हतियार पनि समावेश रहेको छ । अमेरिकी अब्राहम ट्याङ्कलाई परम्परागत ट्याङ्कको सुरक्षा कवच भेद्न सक्ने शेल (गोलीगठ्ठा) प्रदान गर्ने अमेरिकीको निर्णयप्रति रुसले विरोध जनाएको छ .

उक्त शेल ‘डिप्लीटेड युरेनियम’ बाट बनाइएको हुन्छ, जसमा युरेनियममा हुने रेडियोधर्मी तत्त्वहरूलाई कम गरिएको हुन्छ ।  नयाँ सहयोगको घोषणा अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लींकिनको कीभ भ्रमणका दौरान घोषणा गरिएको हो । १२० एमएमको ट्याङ्कको शेललाई अमेरिकाले घोषणा गरेको १७.५ करोड डलर बराबरको सैन्य उपकरणमा सामेल गरिएको छ ।

यो एमवान अब्राहक ट्याङ्कमा प्रयोग हुनेछ । यी ट्याङ्कहरू अमेरिकीले यो वर्षको अन्त्यमा युक्रेनलाई उपलब्ध गराउनेछ ।  यसअघि गत मार्चमा बेलायतले पनि च्यालेन्जर २ ट्याङ्कका लागि ‘डिप्लीटेड युरेनियम’ शेलहरु पठाउने बताएको थियो ।एजेन्सी