आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मोरङ, ९ भदौ

सुनवर्षी नगरपालिका-१ केचना पिपलचोक बस्ने केदार लिम्बुको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा २ तोला सुन, अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीयबासिन्दा र दमकलको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक अनुसन्धान गरिरहेको  छ ।