अविरल वर्षाको कारण आएको बाढीले विभिन्न धनमाल नष्ट

सुर्खेत, २ असोज

चौकुने गाउँपालिका-८ गुटुस्थित गुटु खोलामा अविरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले सोही खोलामा पक्की पुल निर्माणका लागि राखेको १ थान मिक्चर, ३ थान वाटर पम, १२ टन सरिया, १५ टिपर गिट्टि, ७ टिपर बालुवा र फर्मा बगाउँदा करिब  ३१ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सुर्खेत, पंचपुरी नगरपालिका-१० गल्खा गाउँस्थित गल्खा खोलामा अवरिल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले सोही ठाउँ बस्ने १३ जनाको घर गोठ तथा भौतोक संरचनाहरू डुबानमा परी करिब ३१ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाढी प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

Comments are closed.