राष्ट्रपति सवारीका क्रममा प्रहरीले कुटे वीरका डाक्टर लाई

काठमाडौँ । आफूहरुमाथि प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

ड्युटीमा रहेका बेला प्रहरीहरु आएर आफुहरुमाथि कुटपिट गरेको भन्दै उनीहरुले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए ।

चिकित्सकहरुको विरोधका कारण केहिबेर यातायात अवरुद्ध भएको थियो । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले आफुहरुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरुको आरोप छ । राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह घाइते भएका छन् ।

वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउदा देखाउँदै प्रहरीले कुटपिट गरेको बताए । घटनामा संलग्नलाई कारवाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

घटनापछि चिकित्सकहरुले केहिबेर अस्पतालको आकस्मिक सेवा ठप्प पारेका थिए ।