Trending Now

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव विजयी भएका छन् । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेका हुन् ।

शुक्रबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार यादवले प्रदेशसभातर्फबाट १८४ सांसदबाट १४,५३६ मतभार पाएका छन् । त्यस्तै, त्यस्तै, संघीय संसदतर्फ ३२९ सांसदबाट १५,७९२ मतभार पाएका छन् । यादवले कुल ३० हजार ३२८ मतभार पाएका छन् ।

उनी बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । उनले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहकलाई हराएर प्रतिनिधिसभामा विजयी भएका थिए ।

ठुलो गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार रहेका उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीले मतदान गरेका थिए ।

Comments are closed.