दलहरुको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गयो: नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता–२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरु भएका बताए ।

नेता सिटौलाले राजनीतिक दलहरु एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताए । उनले राजनीतिक दलहरु आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना नगरिएको स्पष्ट पारे । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्ताबेज भएको उल्लेख गरे ।