चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने

काठमाडौं- छिमेकी राष्ट्र चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने भएकाे छ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका अध्यक्ष लु चाउहुईले चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने बताएका हुन्।  मे १ बाट चीन भ्रमणमा जाने नेपालीका लागि भिसा शुल्क लाग्ने छैन।
लु चाउहुईले नेपालको विशाल विकास सम्भावनालाई मान्यता दिएको र त्यसमा साझेदार बन्न इच्छुक रहेको बताए।
लगानी सम्मेलनमा भाग लिन चीनबाट करिब ३५० जना आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेकाे लगानी सम्मेलनमा रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदैछन।
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले आज भाग लिनेछन्।
लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ।
सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ। देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।