परराष्ट्र मन्त्रालयले भन्यो: थाइल्याण्ड र म्यानमारमा फसेका नेपाली उद्धार कठिन, भिजिट भिसामा नजानू

थाइल्याण्ड र म्यानमारमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ ।

त्यहाँ फसेका नेपालीको उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ। पछिल्लो समय यी देशमा जाने नेपालीले समस्यामा परेको भन्दै उद्धारका लागि आग्रह गरिरहेका छन्।