Trending Now

सलमान खानलाई भेट्न समीर आए साइकलमा ११ सय किमी यात्रा गरेर

काठमाडौं, । बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । समीर नाम गरेका ती फ्यान जवलपुरबाट साइकलमै मुम्बई पुगेका हुन् ।

मिडिया रिपोर्टका अनुसार समीर आफूलाई बाल्यकालदेखि नै सलमान खानका ठूला फ्यान भएको बताउँछन् । समीर जाडो मौसममा जवलपुरबाट २२ डिसेम्बरमा साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगे ।

सलमानले समीरसँग भेट गरेर तस्बिरसमेत खिचाएका छन् । सलमान खानले हालै आफ्नो ५७ औँ जन्मदिन मनाउनुभयो । यस अवसरमा खानलाई भेट्न उहाँको घरबाहिर हजारौँ फ्यानको भीड थियो ।

Comments are closed.