Trending Now

बाजुरा, गुल्मी र सुर्खेतका केही केन्द्रमा मतदान स्थगित: गृह प्रवक्ता

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले बाजुरा, गुल्मी र सुर्खेतका केही केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएका छन्।

“केही ठाउँमा झडप भएको र केही ठाउँमा प्रदेशसभाको मतपत्र र प्रतिनिधिसभाको मतपेटिका र प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाकोमा परेका कारण भएका विवादपछि स्थगित भएको प्रारम्भिक विवरण छ,” उनले भने।

यसअघि निर्वाचन आयोगले १५ वटा केन्द्रमा मतदान रोकिएको जनाए पनि आयोगका सहायक प्रवक्ता कमल भट्टराईले त्यसमध्ये केही स्थानमा पुनः मतदान सुरु भएको बताएका थिए।

Comments are closed.