कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको स्पष्ट पारे ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीसहित सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।