काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३ औं स्मृति दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं ।’
सो अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरु बारे चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरु छन् ।’
उहाँले अहिले परिस्थिति नयाँ बनेको बताउनुहुँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवि, नागरिक समाज लगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपील पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं । लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
Trending Now
- ‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ’
- आज नेपालले मलेसियासँग दोस्रो टी-ट्वन्टी खेल्दै
- न्यूयोर्कस्थित सडकको नामकरण तेन्जिङ शेर्पाको नामबाट
- सरकारले खारेज गरेका १८ वटा निकाय
- Increasing risk of hunger set to spread in hotspot areas as the Sudan crisis spills over into subregion and el Niño looms – warns new UN report
- प्रथम कोप चेसको उपाधि सुदीप तामाङ्गलाई
- चैत मसान्तसम्म कर तिर्नेलाई ब्याज मिनाहा
- सरकारले यी क्षेत्रमा कर छुट दियो
- बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि
- मनाइयो १६ औं गणतन्त्र दिवस
Comments are closed.