राम्रो काम गर्दा सरकारबाट बाहिरिनुपर्‍यो, अब सदन र सडकबाट प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको बताए ।सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए ।