आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद बैठकमा रवि लामिछानेलाई बोल्न दिने बताएको छ ।
नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समसामयिक विषयमा आफ्नो भनाइ राख्ने बताए ।
‘गृहमन्त्रीजीलाई सदनमा बोल्न दिने निर्णय भएको छ, उहाँले बोलिसकेपछि हामी संसदीय छानबिन समितिको माग गर्छौं,’ उनले भने ।
प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू भएको छैन ।