साताको राशिफल: माघ २१गते शनिबार देखि माघ २७ गते शुक्रबार सम्म)

(साताका केही पर्वहरु)
माघ २१ गते पशुपतिनाथको छाया दर्शन
माघ २२गते पुर्णिमा व्रतम,श्रीस्वास्थानीव्रतसमाप्ति, माघस्नान समाप्ति

मेष (चु चे चो ला लि लु ले लो अ)–केही नयाँ कार्य पारिवारिक सहयोगमा सफल हुनेछ।मनमा केही जागर बढेर आउला। शेयर कारोबारमा फाईदा हुनेछ।आर्थिक अवस्थामा बिस्तारै सुधार आउला।सन्तानको लागि केही दौडधुप गर्नुपर्ने हुन्छ।साथिभाईबाट धोका हुने योग छ।खराब व्यक्तिबाट टाढा रहनु नै उचित छ।माता वगलामुखीको ध्यान आराधना गर्नु शुभ छ।  ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष (इ उ ए ओ वा वि वु वे वो )– शिक्षामा सफलता मिल्नेछ।कारोबारमा केही फाईदा हुदैजाने छ।पतीपत्नीबिच विवाद अझै बढेर जाला ।क्रोधमा नियन्त्रण राख्नु राम्रो छ।घाँटीस्वास्थ्यमा कठिनाइ आउला।जागिरमा मन लाग्ने समय छैन।  (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन(क कि कु घ ङ छ के को ह)–कार्यबाट केही फुर्सद मिल्ने देखिन्छ।पारिवारिक भेटघाट हुनेछ।दाम्पत्य जीवन राम्रै हुनेछ।स्वास्थ्यमा गडबडी आउनेछ।छालामा समस्या देखिन सक्छ।भगवान लक्ष्मीनारायणको ध्यान जप गर्नु शुभ हुनेछ ।शेयरमा मध्यम हुनेछ।काममा केही सुधार हुनेछ।पति/पत्निको स्वास्थ्य राम्रो हुनेछ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट(हि हु हे हो डा डि डु डे डो)–केही यात्राको योग छ।खर्चमा वृद्धि हुनेछ।घरको काम अब शिघ्रताले पूरा हुनेछ।शत्रुहरु पराजित हुनेछन्।स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ।रक्तचाप कम रहला।दाम्पत्य शुख मिल्नेछ।शेयर कारोबारमा सन्तोषजनक सुधार हुँदै जाला।माता भैरबीको आराधना गर्दा शुभ होला।  (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह (मा मि मु मे मो टा टि टु टे)–आटेका काम सफलता उन्मुख हुदैजाने छ्न।पुरानो पेशामा सामान्य सन्तोष रहला।धैर्य र साहसमा वृद्धि हुनाले मन बलियो हुनेछ।रिसाएका मित्रहरू शरणमा पर्न आउन बाध्य हुनेछन्।स्वास्थ्यमा पुर्ण सुधार हुनेछ।आर्थिक पक्ष सबल रहन्छ।ईश्वरको भक्तीमा मन लागिरह्न्छ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या(टो प पि पु ष ण ठ पे पो)–नया काममा लाग्नुपर्ने समय छ।जागीरेहरुको लागि समय राम्रो छ।व्यापारमा भने खराब समय छ।परिवारमा मेलमिलाप रहेपनी मनमा अशान्ति रहनेछ।जमिन बिक्री हुने योग छ।यातायातको साधनबाट त्यति लाभ नहोला।शिक्षामा सुधार हुने देखिदैन। माता सरस्वतीको ध्यान आराधना गर्नु पर्ने देखिन्छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)

तुला(रा री रु रे रो ता ती तु ते)– जागीरमा पदोन्नतिको समय छ।राजनीति व्यक्तिबाट लाभ मिल्नेछ।शिक्षामा सफलता छ। सोचेका काम पुरा हुनाले मनमा हर्ष मिल्नेछ।दाम्पत्यमा तनस्ब नै छ।स्वास्थ्यमा समस्या आउला।छालामा रोगको भय छ।भगवान शिवको आराधना गर्दा लाभ हुनेछ। (राशी स्वामी-तुला/शुभ रंग-सेतो)

बृश्चिक(तो ना नि नु ने नो या यी यु)–बाहिरी काममानै धेरै व्यस्त रहनुपर्ने हुदा घरको काममा ध्यान दिन पाईने छैन।स्वास्थ्य राम्रो रहन्छ।दाम्पत्य जीवन राम्रोनै व्यतीत हुनेछ।घरायसी खर्च बढ्नेछ।शेयरमूल्यमा अलिक सुधार हुने देखिन्छ।राजनैतिक क्षेत्रमा त्यति सफलता मिल्दैन।रिसमा नियन्त्रण राख्नु उत्तम हुनेछ। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु(या यो भा भी भु ध फा ढा भे)– आफ्नै मेहनतले व्यवसायमा फाइदा होला।यात्रा गर्नुपर्ने समय छ।।वैदेशिक कार्य अब सफल हुनेछ।सोचेर अनि धैर्य राखेर काम गर्नुहोला। प्रेमी प्रेमिकामा प्रेम बढ्ने देखिन्छ।पाउनुपर्ने धनराशी प्राप्त हुनेछ।चिसोले समस्या आएपनी निको हुनेछ।माता सरस्वतीको ध्यान आराधना गर्दा शुभ हुन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)

मकर(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–जागीरमा बिस्तारै प्रगति हुनेछ ।नयाँ कार्यको थालनी हुने योग छ।आफ्नो लागि केही खर्च गर्नुपरे पनि आम्दानी प्राप्त हुनाले सजिलो हुनेछ। यात्राबाट सफल रहन्छ।पति/पत्निबिच सम्बन्ध बिग्रन सक्छ।मनमा भित्र ग्लानी अनुभव रहनेछ।पुराना मित्रहरूबाट असहयोग हुनेछ। शिक्षामा सफलता मिल्नेछ।घमण्डले केही नोक्सान हुनसक्छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

कुम्भ(गु गे गो सा सी सु से सो द)– जागिरमा नयाँ अवसर मिल्ने योग छ।व्यापारमा लाभको समय छैन।अचल सम्पत्ति किनबेच हुनेछ।पढाईमा राम्रो नतिजा मिल्ला।पति/पत्निमा सामान्य विवाद रहन्छ।प्रेमिप्रेमिकामा सामान्य विवाद भएपनि समाधान हुनेछ।विदेश यात्रा हुनेछ तर संतोषजनक हुनेछैन।खर्चमा नियन्त्रण आउँछ।शेयरमा ओरालो लाग्ने समय छ।गौरीशंकर भगवानको आराधना गर्नु उत्तम छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

मीन(दि दु थ झ ञ दे दो चा ची)–राजकिय पदबाट यो साता केही फाईदा छ।राजनीतिमा फाईदा छ।।शत्रु पराजित हुनेछन।बिदेश जान उपयुुक्त समय छ।मनमा शान्ति मिल्ने समय छ।सामान्यतया यो साता ठिकै छ।चिसोको कारणले लामो बिरामी परिने योग छ। श्रीभोलेनाथ एवं माता अम्बा भवानीको आराधना गर्नु शुभ हुनेछ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )

ज्यो-मिलन कृष्ण पोखरेल
भरतपुर महानगरपालिका १०,चितवन
९८४५८८८१६५