पन्त स्मृति प्रतिष्ठानले नौ जना सर्जकलाई पुरस्कृत गर्ने

पन्त स्मृति प्रतिष्ठानले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा ९ वटा पुरस्कार २०७८ प्रदान गर्ने भएको छ ।

हास्यव्यंग्य विधातर्फ ५० हजार रुपैयाँ नगद राशीको गोपालराज पन्त स्मृति सम्मान पुरस्कार अभिनेता किरण केसीलाई दिइने भएको छ ।
साहित्यिक विधागत पत्रिकाअन्तर्गत ५० हजार राशीको बन्धु पन्त स्मृति सम्मान पुरस्कार वैजयन्ती साहित्यिक पत्रिकालाई प्रदान गरिने भएको छ ।
उपन्यासतर्फको रामराज पन्त स्मृति सम्मान पुरस्कारअन्तर्गत २५ हजार रुपैयाँ राशीको पुरस्कार मीरा गोतामेलाई दिइने भएको छ ।

यसैगरी नृत्यकलातर्फ सदिच्छा बालप्रतिभा पुरस्कार कान्छी तामाङ, संस्कृतितर्फ मैयाँ वासु पन्त स्मृति पुरस्कार प्राध्यापक डा. कल्पना श्रेष्ठ, चित्रकलातर्फ तीसा श्रेष्ठ, समालोचनातर्फ ठाकुर शर्मा भण्डारी, अशक्तता तथा समाजसेवातर्फ छुल्ठिम शेर्पा र बाल साहित्यतर्फ शान्तादास मानन्धरलाई पुरस्कार दिइने भएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ नगद छ ।

साउन २० गते पुरस्कार वितरण हुनेछ ।

Comments are closed.