दयाहाङ र मिरुना अभिनीत फिल्म ‘जारी’ वैशाखमा प्रदर्शन

काठमाडौं, माघ । दयाहाङ र मिरुना अभिनीत फिल्म ‘जारी’ वैशाखबाट प्रदर्शन हुने भएको छ। दयाहाङ राई र मिरुना मगर फिचर्ड फिल्म ‘जारी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको हो । फिल्मले प्रदर्शन मिति वैशाख १ गतेलाई तय गरेको छ ।

फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । फिल्मलाई सुब्बाले नै लेख्नुभएको हो ।

रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ ।

फिल्मले पूर्वी पहाडको लिम्बू समुदायको ‘जारी’ प्रथालाई प्रस्तुत गरेको छ । फिल्ममा अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगायतको अभिनय छ । यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ ।

Comments are closed.