ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ फिल्म१०० देशमा एकैसाथ रिलिज हुँदै

ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउडअभिनित फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ ।

भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन हुनेछ । तर रोचक पक्ष के छ भने बलिउड फिल्म नियमितजसो रिलिज नहुने क्षेत्रमा पनि ‘विक्रम वेधा’ प्रदर्शन हुनेछ .

युरोपका २२, अफ्रिकाका २७ देशसहित जापान, रुस, पनामा र पेरु लगायत देशमा पनि बलिउड फिल्म रिलिज हुनेछ, जहाँ यसअघि बलिउड पुगेकै थिएन ।

भारतीय दन्त्यकथा विक्रम र बिटलको कथामा आधारित यो एक्सन–थ्रिलर फिल्मलाई पुष्कर र गायत्रीले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्म विक्रम र वेधा नामक पात्रको लुकामारीको कथा हो । खतरनाक ग्यास्टर वेधालाई पक्राउ गर्न विक्रमले सञ्चालन गर्ने मिसनको कथा हो ।

Comments are closed.