काठमाडौँ —प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको मुस्ताङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका योगेश गौचन थकाली ३९९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई उनले ९१४ मतान्तरले पराजित गरेका हुन । प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएर पराजित भए ।
यस्तै प्रदेशसभातर्फ १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् भने २ तर्फ पनि कांग्रेसका विकल शेरचन विजयी भएका छन् । प्रदेशसभातर्फ नाम्डु गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याएका छन् ।
यस्तै प्रदेशसभा २ तर्फ शेरचनले २ हजार ७ सय २३ मत पाएर विजयी बन्दा एमालेका चन्द्रमोहन गौचनले २ हजार ५ सय ६५ मत पाए ।