Trending Now

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

काठमाडौं, मङ्सिर ७ |

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। कुशल राजनीतिज्ञ देउवाको यो केन्द्रीय विधायिका संसद् सदस्यमा निर्वाचित भएको सातौँ  विजयी यात्रा हो।

समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार विजयी सभापति देउवा२०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देउवा २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो। उहाँ १२ हजार ४९२ मतअन्तरले विजयी हुनुभएको हो।

Comments are closed.