लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

काठमाडौँ, २७, फागुन, २०७८

लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ ।

क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्ने छन् ।

‘लू’सँगैसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं बिग बजेट चलचित्र निर्माण गर्ने जनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधिका निर्माण सामाग्री पनि भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज तथा रियालिटी सोहरु निर्माण गर्ने बताएको छ । ‘आउने दिनमा नेपालको फिल्म क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्मस्को उद्देश्य छ । ‘लू’सँगै हामीले यसको सुरुवात गर्न लागेका हौँ,’ निशाको भनाइ छ ।