साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

 

 

काठमाडौँ ३० चैत्र, नियात्राकार पवन आलोकको नयाँ नियात्रासंग्रह …‘पहाड र लमतन्न समुद्र” लोकार्पण भएको छ । साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोख्रलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रोधेश्याम लेकाली, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, समालोचक लक्ष्मण गौतम, स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, श्री ओम श्रेष्ठ, किशोर पहाडी लगायतका स्रष्टाले पुस्तक बारे बोलेका थिए ।

 

अनामनगर स्थित डालो रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले नियात्रा र नियात्रा लेखन विषयमा पनि बोलेका थिए  । ‘पहाड र लमतन्न समुद्र”साझा प्रकाशनबाट प्रकाशित भएको हो ।