पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न अन्टार्कटिका पुगे युटयुबर जेरन क्याम्पनेला ; फेला पारे अनौठो तथ्य

पृथ्वी गोलाकार छ । यही कुरा भन्दा इतिहासमा ब्रुनोलाई ज्यूँदै जलाइएको थियो । किनकि सदियौं अघि पृथ्वी चेप्टो छ र सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास थियो । यद्यपि पृथ्वी चेप्टो भएको सिद्धान्तमा विश्वास गर्ने मानिसहरु सदियौंअघि मात्र होइन अहिले पनि छन् । चेप्टो पृथ्वीको सिद्धान्तलाई सही सावित गर्नका लागि उनीहरुले अनेक खालका तर्क र कुतर्क गर्दछन् । आफ्नो त्यही अन्धविश्वासलाई सावित गर्नका लागि एकजना व्यक्तिले लाखौं खर्च गरे । यतिमात्र होइन, ती युट्युबरको यात्राले पृथ्वी गोलो छैन भन्ने उनको भ्रमलाई तोडेको मात्र होइन, उनलाई नयाँ दृष्टिकोण पनि प्रदान गर्‍यो ।
पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तका खरो समर्थक रहेका युटयुबर जेरन क्याम्पनेला आफ्नो दाबीलाई सही सावित गर्नका लागि करीब ३७ हजार डलर खर्च गरेर अन्टार्कटिकाको यात्रामा गए । अन्टार्कटिका चेप्टो पृथ्वीलाई ढाकेको एक हिउँको भित्ता रहेको र पृथ्वी चेप्टो रहेको कुरा सावित गर्ने उनको उद्देश्य थियो ।

‘मध्यरातको सूर्य’ले छक्क परे

मिडनाइट सन अर्थात् मध्यरातको सूर्य । यो एउटा यस्तो घटना हो जब सूर्य २४ घण्टासम्म एउटै स्थानमा देखिन्छ, विशेष गरी ध्रुवीय क्षेत्रमा । यसले पृथ्वी गोलो रहेको सिद्धान्तलाई सटिक रुपमा सावित गर्दछ । फ्लाट अर्थ थ्योरी अर्थात् पृथ्वी चेप्टो रहेको सिद्धान्त अनुसार सूर्य कहिल्यै पनि स्थिर रहँदैन र २४ घण्टासम्म एउटै स्थापना पनि रहँदैन । क्याम्पनेलाले सोंचेका थिए कि अन्टार्कटिकामा सूर्य उदाउँदैन र अस्ताउँदैन पनि, मात्र स्थिर रहन्छ। तर, अन्टार्कटिकामा उनको अनुभवले उनको पूरा सोंच नै बदलिदियो । उनले त्यहाँ जे देखे त्यसले चेप्टो पृथ्वी सिद्धान्तलाई पूर्णरुपमा असत्य सावित गरिदियो । उनले मिडनाइट सन् देखे, जहाँ २४ घण्टासम्मै लगातार सूर्य देखिन्छ । यो घटना केवल ध्रुवीय क्षेत्रमा मात्रै हुन्छ र यो नै पृथ्वी गोलाकार छ भन्ने तथ्यको भरपर्दो प्रमाण हो ।
आफ्नो अन्टार्कटिकाको यात्रा पश्चात् क्याम्पनेलाले भनेका छन्–’कहिलेकाही जीवनमा तपाईं गलत हुनुहुन्छ । मलाई लाग्थ्यो कि सूर्य २४ सै घण्टा देखिंदैन । तर अब मलाई यस्तो पनि हुन्छ भन्ने कुरा यकिन भयो ‘।
क्याम्पनेलाको अन्टार्कटिका यात्राले फ्लाट अर्थ थ्योरीको आजिमुथल इक्विडिस्टेन्स नक्सालाई पनि गलत सावित गरिदियो । अब त्यो नक्सा आफ्नो लागि कुनै कामको नरहेको उनले बताए ।क्याम्पनेलाको यात्राले सन् १९५९ को अन्टार्कटिका सन्धिको दाबीलाई पनि खारेज गरिदिएको छ । जसमा भनिएको थियो कि अन्टार्कटिकामा आम नागरिकलाई जानका लागि प्रतिबन्धित छ । यद्यपि उक्त सन्धि अनुसार पर्यटक र शोधका लागि चाहिं अन्टार्कटिकामा जाने अनुमति छ ।

Comments (0)
Add Comment