दिल्लीको रेल स्टेसनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

दिल्लीको रेल स्टेसनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित रेल स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।शनिबार राति ९ बजेतिर दुईवटा रेलको प्रतीक्षामा रहेका यात्रुको भीडमा भागदौड मच्चिएको थियो । मृत्यु हुनेमा १० जना महिला र तीन बालबालिका छन् । भागदौडको कारण नखुले पनि रेलको प्रतीक्षामा रहेका धेरै यात्रुको बीचमा कसले अफवाह फैलाएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ ।
अधिकांश व्यक्ति प्रयागराज सहर जाने रेलको प्रतीक्षामा थिए । प्रयागराजमा अहिले १ सय ४४ वर्षमा आयोजना हुने महाकुम्भ चलिरहेको छ । घटनाका घाइते र मृतकलाई लोक नायक अस्पताल पुर्‍याइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दु:ख व्यक्त गर्नुभएको छ ।