काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित रेल स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।शनिबार राति ९ बजेतिर दुईवटा रेलको प्रतीक्षामा रहेका यात्रुको भीडमा भागदौड मच्चिएको थियो । मृत्यु हुनेमा १० जना महिला र तीन बालबालिका छन् । भागदौडको कारण नखुले पनि रेलको प्रतीक्षामा रहेका धेरै यात्रुको बीचमा कसले अफवाह फैलाएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ ।
अधिकांश व्यक्ति प्रयागराज सहर जाने रेलको प्रतीक्षामा थिए । प्रयागराजमा अहिले १ सय ४४ वर्षमा आयोजना हुने महाकुम्भ चलिरहेको छ । घटनाका घाइते र मृतकलाई लोक नायक अस्पताल पुर्याइएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दु:ख व्यक्त गर्नुभएको छ ।
Trending Now
- साहित्य अकादमी पुरस्कार कथाकार युवा बराल (अनन्त) लाई
- पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा, नेपाली कलाकारले पनि अभिनय गर्ने
- अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्स मंगलबार पृथ्वीमा फर्कने : नासा
- अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ सार्वजनिक
- मीना पौडेलको ‘साहस’ सार्वजनिक
- Death toll from US airstrikes in Yemen has climbed to 53
- Saudi government preparing to organize a franchise tournament bigger than IPL
- स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सम्भौता, नेपालीले सस्तोमा लेन्स पाउने
- सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
- अर्यालको ‘ए मायालु’ सार्वजनिक
Comments are closed.