ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा पहिराेमा पुरिएर एकै परिवारका ४ जनाकाे ज्यान गएकाे छ ।
फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति गएकाे पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।
ज्यान गुमाउनेमा फक्ताङलुङ-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू ९ वर्षीया गंगा र जमुना छन् ।
पहिराेमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी ३ वर्षीया छोरी घाइते भएको पनि प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ताप्लेजुङमा वर्षापछि आएकाे बाढी पहिराेले जनधनकाे क्षति पुर्‍याएकाे छ । बाढीले फक्ताङलुङ क्षेत्रमा ६ टा पुल बगाएको छ । पुल बगेपछि मानिसहरु आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ ।