काठमाडौं । ताप्लेजुङमा पहिराेमा पुरिएर एकै परिवारका ४ जनाकाे ज्यान गएकाे छ ।
फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति गएकाे पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।
ज्यान गुमाउनेमा फक्ताङलुङ-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू ९ वर्षीया गंगा र जमुना छन् ।
पहिराेमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी ३ वर्षीया छोरी घाइते भएको पनि प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ताप्लेजुङमा वर्षापछि आएकाे बाढी पहिराेले जनधनकाे क्षति पुर्याएकाे छ । बाढीले फक्ताङलुङ क्षेत्रमा ६ टा पुल बगाएको छ । पुल बगेपछि मानिसहरु आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ ।
Trending Now
- 30th annual general meeting of Nepal India Chamber of Commerce and Industry (NICCI) inaugurated
- Nepal PM KP Sharma Oli meets with Bangladesh Chief Adviser Muhammad Yunus in New York
- Nepal govt can address trade deficit by investing in hydropower; NEA is a net revenue earner b/c of electricity export says Indian Amb Naveen Srivastava
- Israel’s fresh attack on Lebanon; 51 killed
- Nepal PM Oli urges youth living abroad to return home to create employment opportunities
- India Ranks as Third Most Powerful Nation in Asia, Surpassing Japan in Asia Power Index
- GE Aerospace’s GEnx engine completes aviation milestone 2 million flight hours with South Asian airlines
- ‘Ramayan Resonance’ art exhibition inaugurated in Kathmandu
- US has long endorsed permanent UNSC seats for India, Germany, Japan: Antony Blinken
- Nepal Prime Minister KP Sharma Oli met Indian PM Narendra Modi on the sidelines of the UNGA in New York
Comments are closed.